
काठमाडौं, २७ कात्तिक । नेपाल र पाहुना टोली युनाईटेड अरब इमिरेट्स (युएई) बीचको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज सोमबारबाट काठमाडौंमा सुरु हुँदैछ ।
नेपालले युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने छ । खेलअघि दुवै टोलीका प्रशिक्षक र कप्तानले राम्रो प्रदर्शन गर्दै सिरिज जित्ने दाबी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित प्री म्याच कन्फ्रेन्समा नेपाली क्रिकेट टिमका प्रशिक्षक मनोज प्रभाकरले नेपाली खेलाडीको प्रदर्शन सुधार हुदै गएकाले राम्रो नजिता निकाल्ने बताए । उनले सिरिज नेपालका लागि चूनौती र अवसर दुर्वै भएको बताए ।
त्यस्तै नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले युएईसंगको सिरिजका लागि आफुहरु पूर्ण रुपमा तयार रहेको र नेपालका लागि अवसर भएको बताए । उनले कप्तानको भूमिका दवाब भन्दा पनि दायित्वका रुपमा उपयोग गर्ने उल्लेख गरे ।
प्री म्याच कन्फ्रेन्समा युएईका प्रशिक्षक रोविन सिंहले नेपालसँगको शृंखलाबाट अनुभव प्राप्त हुने भएकाले अवसरका रुपमा लिएको बताए ।
युएईका कप्तान सिपी रिजवनले नेपालमा आएर खेल्न पाएकोमा खुसी व्यक्त गरे । नेपाल र युएईले पहिलो खेल कात्तिक २८ गते सोमबार , दोस्रो खेल ३० गते र तेस्रो खेल मंसिर २ गते खेल्ने छ । सिरिजका लागि क्यानले सिरिजको टिकट मूल्य २ सय राखिएको जनाएको छ ।
यस्तै सिरिजमा प्लेयर अफ द सिरिज बन्ने खेलाडीले नगद ५० हजार पाउने छन् । हरेक खेलको म्यान अफ द म्याचले २० हजार नगद पाउने छन् ।













प्रतिक्रिया