१ कार्तिक २०८३, आइतबार

वाईसीएलका केन्द्रीय सचिवसहित माओवादीका नेतारू एमालेमा प्रवेश

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संखुवासभा, २७ कात्तिक । संखुवासभामा माओवादीको युवा संगठन वाईसीएलका केन्द्रीय सचिवसहित नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यसमेत रहेका वाईसीएलका केन्द्रीय सचिव पृथक पाठकसहित माओवादीका जिल्ला र नगर कमिटीका नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन् ।

मादीमा आज आइतबार आयोजित चुनावी सभामार्फत उनीहरू एमाले प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरूमा माओवादीका जिल्ला सदस्य ग्याल्जेन शेर्पा, वाइसीएल जिल्ला सदस्य दीपेश खवास, मादी नगर कमिटी सदस्य शनकबहादुर विक, दावा लामा, प्रेम तामाङ, पासाङ शेर्पा र पासाङ ल्यामु शेर्पालगायत छन् ।