२९ आश्विन २०८३, बिहिबार

शनिबार गएको भूकम्पमा एकजनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । गएराति गएको भूकम्पका कारण बैतडीमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका-१ सेल्तडाका ६६ वर्षीय हरि लुहार रहेका छन् । हरिको गए राति गएको भूकम्पका कारण मृत्यु भएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए । उनले भने,“भूकम्प जाने बेला घरभित्रै रहेका वृद्ध बाहिर भाग्ने क्रममा मृत्यु भएको हो ।”

मृतकका परिवारलाई गाउँपालिकाले किरिया खर्च स्वरूप २० हजार र बन्दोबस्तका सामग्री पनि हस्तान्तरण गरेको जोशीले बताए। उनले भने, “आर्थिक अवस्था निकै नाजुक रहेको छ, तत्काल २० हजार किरिया खर्च र खाद्यान्नलगायत बन्दोबस्तको सामग्री पीडितको घरमै पुगेर हस्तान्तरण गरेका हौँ ।”

गएराति ८ बजेर १२ मिनेटमा बझाङको पटादेवल केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।