१ कार्तिक २०८३, आइतबार

नयाँ पुस्ताको फोर्ड रेञ्जर र्‍यापटर नेपाल भित्रियो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । विश्वभर आफ्नो अफ–रोड र अन–रोड पर्फमेन्सद्वारा ख्यातीप्राप्त फोर्ड रेञ्जर र्‍यापटरको नयाँ संस्करण नेक्स्ट–जेन रेञ्जर र्‍यापटर नेपाली बजारमा आएको छ ।

फोर्ड पर्फमेन्सको अवधारणा अनुरूप डिजाइन तथाइन्जिनीयरिङ गरिएको नेक्स्ट–जेन रेञ्जर र्‍यापटरमा विभिन्न स्मार्ट प्रविधिका साथ नयाँ पुस्ताका हार्डवेयरहरू राखिएका छन्् जसले अफ–रोड गाडीहरूको श्रेणीमा एउटा नयाँ आयाम बनाएको कम्पनीको भनाइ छ । विश्वभरका अफ–रोड प्रेमीहरू यस संस्करण प्रति निकै उत्साहित रहेको दाबी पनि कम्पनीले गरेको छ ।

अफ–रोड भू–भाग मध्यनजर गरी विभिन्न नयाँ सुविधा तथा प्रविधि जडान गरिएको नेक्स्ट–जेन रेञ्जर र्‍यापटरमा नयाँ ट्वीन–टर्वो ३.० लिटर इकोबुस्ट भी–सिक्स पेट्रोल इन्जिन जडान रहने छ । यसले ५ हजार ६५० आरपीएममा ३९७ पीएस पावर प्रदान गर्दछ र ३ हजार ५०० आरपीएममा ५८३ एनएम टर्क उत्पादन गर्दछ ।

फोर्ड पर्फमेन्स मापदण्ड अनुरूप गरिएको, १०–स्पीड अटोमेटिक ट्रान्समिसनयुक्त नेक्स्ट–जेन रेञ्जर र्‍यापटरको नयाँ इन्जिनले सहजै रूपमा ग्राभेल, माटो, हिलो बालुवामा चलाउन मद्दत गर्दछ ।