काठमाडौं, २७ कात्तिक । इंग्ल्याण्डले आईसीसी टी-२० विश्वकपको उपाधि जितेको छ ।
अष्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो।
पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर १ सय ३८ रन बनाएर पूरा गर्यो ।
बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि इंग्ल्याण्डले विश्वकपको उपाधि हात पार्न सफल भएको हो ।
इंग्ल्याण्डलाई जिताउन बेन स्टोक्सले नट आउट ५२ रन बनाए । पाकिस्तानका लागि सान मक्सोदले सर्वाधिक ३८ रनको योगदान गरे ।
त्यस्तै कप्तान बाबर आजमले ३२ रन बनाउँदा सादब खानले २० रनको योगदान गरे । इंग्ल्याण्डले टी-२० विश्वकप जितेको यो दोस्रोपल्ट हो । यसअघि सन् २०१० मा उपाधि जितेको थियो ।













प्रतिक्रिया