काठमाडौं, २७ कात्तिक । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव प्रचार प्रसारमा प्रयोग गरेको एउटा गाडीमा तोडफोड भएको छ ।
आइतबार घरदैलोका क्रममा मुग्लिन पुगेको गाडी तोडफोड भएको हो । सत्ता गठबन्धनका कार्यकर्ताले गाडी तोडफोड गरेका हुन् । तोडफोडबाट बा १४ च ७६८४ नम्बरको गाडीको सीसा फुटेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको टोली घरदैलोका लागि मुग्लिन पुगेका थिए ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक व्यक्तिले गाडीमाथि चढेर सीसामा लात्ती हानेको देखिन्छ ।
गाडीमा आक्रमण गर्दा पनि प्रहरी मुकदर्शक भएर बसेको र तोडफोड गर्ने व्यक्तिलाई पक्राउ नगरेको राष्ट्रिय स्वतन्त्र पार्टीले बताएको छ ।













प्रतिक्रिया