
काठमाडौं, २७ कात्तिक । युनिभर्सल इलेक्ट्रोकम प्रालिले नेपाली बजारमा हिताची माइक्रोवेभ ओभनका नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ ।
विभिन्न चार वटा भेरियन्टका साथ उपलब्ध माइक्रोवेभ ओभनका नयाँ श्रृङ्खलाहरुमा– २३ लिटर डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २० लिटर डिजिटल ग्रिल माइक्रोवेभ ओभन र २० लिटर मेकानिकल माइक्रोवेभ ओभन छन् ।
साथै चौथो भेरियन्ट ३२ लिटर कन्भेक्सन माइक्रोवेभ ओभन भने कम्पनीले डिसेम्बर २०२२ सम्ममा नेपाली बजारमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
हिताचीको उच्च श्रेणीको माइक्रोवेभ ओभनहरूले उपभोक्ताहरूलाई स्वस्थ जीवनको फाइदाहरू र सहजै फ्याट, नुन र क्यालोरी घटाउने नवोत्पाद सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ । साथै, हिताचीले यी माइक्रो ओभनमा एक वर्षको पूर्ण वारेन्टी र म्याग्नेट्रोनमा पाँच वर्षको वारेन्टी प्रदान गरेको छ ।















प्रतिक्रिया