२९ आश्विन २०८३, बिहिबार

वरिष्ठ कलाकार हरिवंश आचार्यको आज जन्मदिन, कति वर्ष पुगे उनी ?

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रका चर्चित एवम् वरिष्ठ कलाकार हरिवंश आचार्यको आज (आइतबार) ६४औं जन्मदिन ।

विसं २०१४ कार्तिक २७ गते काठमाडौंको गैरीधारामा जन्मिएका हरिवंशको जन्मदिनको अवसरमा उनलाई बिहानैदेखी विभिन्न चर्चित कलाकार, सर्वसाधारण लगायतले सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिइरहेका छन् ।

हास्य कलाकार मदन कृष्ण श्रेष्ठको साथमा ‘महजोडी’ को नामले परिचित हरिवंशले दर्जनौं टेलिश्रृंखला तथा धेरै वटा फिल्ममा पनि अभिनय गरिसकेका छन् । नेपालमा कसैले नराम्रो नभन्ने सिमित व्यक्तिहरुमा महजोडीको नाम पनि आउँछ ।

लोभिपापी, फिलिम, राजामति, बलिदान, जे भो राम्रै भो, तँ त साह्रै बिग्रिस नी बद्री, शत्रु गते आदि उनका चलचित्रहरु सफल मानिन्छन् ।

यतिमात्रै नभई आचार्यले थुप्रै गीत गाइसकेका छन् । उनले चिना हराएको मान्छे र हरिबहादुर उपन्यास पनि लखेका छन् ।