
काठमाडौं, २७ कात्तिक । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ६ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार प्रतितोला ९६ हजार ७०० मा कारोबार भएको छापावाल सुन आज ६ सयले बढेर ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजावी सुन तोलामा ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघकाअनुसार आइतबार चाँदी पनि तोलामा ५ रुपैयाँले बढेको छ ।
शुक्रबार तोलामा १ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।













प्रतिक्रिया