२९ आश्विन २०८३, बिहिबार

नेपाल र बंगलादेशले संयुक्त रुपमा यू-१९ महिला विश्वकप आयोजना गर्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । नेपाल र बंगलादेशले सन् २०२७ को आईसीसी यू-१९ महिला विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आइतबार २०२७ को यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरेको हो ।

बोर्ड बैठकबाट २०२४ देखि २०२७ सम्म यू-१९ विश्वकपको आयोजकलाई अनुमोदन गरेको आईसीसीले जनाएको छ । यस्तै २०२५ को यू-१९ महिला विश्वकप मलेसिया र थाइल्याण्डमा संयुक्त आयोजना हुनेछ ।

त्यस्तै २०२४ को आईसीसी यू-१९ पुरुष विश्वकप श्रीलंका तथा २०२६ को यू-१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले संयुक्त रुपमा आयोजनाको जिम्मा पाएको छ ।