
काठमाडौं, २७ कात्तिक । अस्ट्रेलियामा जारी टी–२० क्रिकेट विश्वकपको फाइनल खेल आज आइतबार हुँदैछ ।
उपाधिका लागि आइतबार पाकिस्तान र इंग्ल्याण्ड खेल्दै छन् । फाइनल खेल अस्ट्रेलियाको मेलबर्न मैदानमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजेबाट सुरु हुने छ ।
मेलबर्नमा हुने आइतबारको खेल वर्षाले प्रभावित हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ ।
पाकिस्तान सेमिफाइनलमा न्यूजिल्याण्डलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने इंग्ल्याण्डले भारतलाई पराजित गर्दै फाइलमा स्थान बनाएको थियो ।
पाकिस्तान र इंग्ल्याण्डले यसअघि एकएक पटक विश्वकपको उपाधि जितिसकेका छन् । पाकिस्तानले सन् २००९ मा भएको विश्वकपको उपाधि जितेको थियो भने इंग्ल्याण्डले सन् २०१० मा भएको टी–२० विश्वकपको उपाधि जितेको थियो ।















प्रतिक्रिया