२९ आश्विन २०८३, बिहिबार

निर्वाचन आयोगले पुकार बमलाई ५ हजार जरिवाना गरायो

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । निर्वाचन आयोगले काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुकार बमलाई जरिवाना गराएको छ। बमलाई आयोगले ५ हजार जरिवाना गराएको हो।

निर्वाचन प्रचार प्रसारका क्रममा आफ्नो नाम अंकित टिसर्टको प्रयोग गरेपछि बमलाई आयोगले ५ हजार जरिवाना गराएको हो।

नाम अंकित टिर्सट प्रयोग भएको पाइएपछि आयोगले स्पष्टीकरण सोधेकोमा जवाफ चित्त बुझ्दो नआएपछि कारबाही गरेको बताएको छ ।