१ कार्तिक २०८३, आइतबार

एमालेको लडाइँ दक्षिणपन्थी पुँजीवादीसँग हो, राष्ट्रियताको रक्षा र समृद्धि हाम्रो अभियान : भट्ट

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी, २६ कात्तिक । नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले अहिले एमालेको लडाईं दक्षिणपन्थी पुँजीवादीहरूसँग भएको बताएका छन् ।

नेकपा (एमाले) जिल्ला कमिटी डोटीले आज दीपायलमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै भट्टले राष्ट्रियताको रक्षा र सम्वर्द्धधन, विकास, समृद्धि र समाजवादको यात्रामा एमाले रहेको बताउँदै दक्षिणपन्थी पुँजीवादीहरूसँग लडिरहेको बताएका हुन् ।

सचिव भट्टले पार्टीभित्रका केही सकुनीका कारण अघिल्लो सरकार पाँच वर्ष टिकाउन नसकिएको बताउँदै आज मुलुकमा देश र जनताको पक्षमा कठोर निर्णय लिनसक्ने राजनेताको आवश्यकता रहेको र त्यो अध्यक्ष केपी ओलीले पूरा गर्ने विश्वास व्यक्त गरे ।

उनले अध्यक्ष ओली नेतृत्वको सरकारले छोटो समयमै गरेका विकास निर्माणका कामको चर्चा गर्दै भने, ‘आर्थिक वृद्धिदर बढ्योे, देश औद्योगिकरणका लागि सातै प्रदेशमा औद्योगिक क्षेत्र घोषणा गरियोे, करिब पाँच हजार किलोमिटर सडक कालोपत्र भयो ।’