
दोलखा, २६ कात्तिक । नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले आफूले माओवादी पार्टी जन्मिनु भन्दा अगाडिदेखि नै राजनीति सुरू गरेको बताएका छन् ।
दोलखाको बैत्येश्वर गाउँ कमिटीद्वारा आज शनिबार आयोजित विशाल चुनावी आमसभालाई सम्बोधन गर्दै उम्मेदवार शिबाकोटीले आफूले पञ्चायतकालदेखि नै राजनीति सुरू गरेको र संगठनमा महत्वपूर्ण योगदान गर्दै आएको बताएका हुन् । प्रतिस्पर्धाबाट डराएकाहरूले आफ्नोबारे अनावश्यक भ्रम सृजना गरेका भन्दै उनले भ्रम र अफवाहको पछि नलाग्न सबैमा अपिल गरेका छन् ।
‘मैलै माओवादी जन्मिनुभन्दा अगाडि देखि नै राजनीति सुरू गरेको हुँ । विपक्षीले मैले राजनिति गरेन भनेर अफवाह फैलाइरहेको छ । त्यसको पछि नलाग्नुहोला,’ उम्मेदवार शिवाकोटीले भने, ‘गठबन्धनका मेरा प्रतिस्पर्धी उम्मेदवार भत्काउने र विध्वंश मच्चाउने काम गर्दै आउनु भएको छ र गरिरहनु भएको छ । तर अहिले विकास गर्छु भनेर मत माग्दा तपाईंहरूमाफ झुक्याइरहनुभएको छ । त्यसैले तपाई–हामी सचेत हुन जरुरी छ । अब विध्वंश मच्चाउनेलाई होइन, आर्थिक समृद्धि र रूपान्तरण गर्नेलाई मत दिने हो ।’
उनले आफू विजयी भएपछि एमालेका नेताहरू साक्षी राखेर विकासका कामहरू गर्ने प्रतिवद्वता पनि व्यक्त गरे । ‘दोलखाको फिल्मसिटी, पर्यटनका क्षेत्रहरू पूर्ण गरेर र धेरै सम्भावनाका ढोका खोलेर आर्थिक उपार्जन गर्नुपर्छ,’ शिबाकोटीले भने ।
यस्तै दोलखा प्रदेश ‘क’ का उम्मेदवार नरबहादुर श्रेष्ठले सम्पूर्ण जनताले एमालेको जित सुनिश्चित भएकाले दत्तचित्त भएर मतदान गर्नुपर्ने बताए । उनले जिरीलगायत विभिन्न क्षेत्रमा सम्भावना रहेका ठाउँमा पर्यटन विकास गर्न एमाले तयार रहेको बताएका छन् ।
‘जिरी र बैत्येश्वरलाई शिक्षाको हवको रूपमा विकास गर्नुपर्छ’, उनले भने, ‘तेस्रो तामाकोशीलाई चाँडोभन्दा चाँडो सुचारु गर्नुपर्छ ।’















प्रतिक्रिया