
काठमाडौं, २६ कात्तिक । काठमाडौंको स्वयम्भुस्थित जंगलमा एक जना बालिका बलात्कृत भएकी छिन् ।
काठमाडौं महानगरपालिका–१५ मा जर्ने स्वयम्भूको जंगलमा एक जना १४ वर्षीया बालिकामाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ सिद्धलेख गाउँपालिका–२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका–१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
गिरीले ती बालिकालाई ललाई फकाई स्वयम्भू स्तुपा नजिकै जंगलमा लगेर बलात्कार गरेको प्रहरीले बताएको छ । बालिका बलात्कार भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया