
नवलपरासी पश्चिम, २६ कात्तिक । नवलपरासी पश्चिममा पाँच लाख रुपैयाँ बराबरको १२५ बोरा अवैध चिनी प्रहरीले बरामद गरेको छ ।
प्रतापपुर गाउँपालिका वडा नं ५ धर्मौलीस्थित भारतबाट अवैध रुपमा ल्याइएको १२५ बोरा चिनी सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोस्ट (बीओपी) गुठी परसौनी र इलाका प्रहरी कार्यालय बेलाटारीको संयुक्त गस्ती टोलीले बेवास्ता अवस्थामा रहेको उक्त चिनी नियन्त्रणमा लिएको हो ।
बरामद चिनी भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी नेपाल गण नं २६ का सूचना अधिकारी केशवराज थापाले बताए । बरामद गरिएको चिनीको मूल्य लगभग पाँच लाख रुपैयाँ छ ।
सुरक्षाकर्मीहरु प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सुरक्षामा खटिएका बेला तस्करहरुले त्यसको फाइदा उठाउँदै खुलेयाम तस्करी गरिरहेका छन् ।















प्रतिक्रिया