१ कार्तिक २०८३, आइतबार

राजेन्द्र लिङ्देन भन्छन्– कांग्रेस र माओवादीले जोडजाडको सरकार बनाए देश बर्बाद हुन्छ (भिडिओ)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ८० वर्षको उमेरमा शेरबहादुर देउवा प्रधानमन्त्री भएर केही गर्न नसक्ने बताएका छन् ।

काठमाडौंको बसन्तपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले शेरबहादुर देउवा र प्रचण्डलाई मात्रै कति पटक देश चलाउने मौका दिने भन्दै भनेर प्रश्न समेत गरेका छन् ।

‘कांग्रेसका साथीहरूलाई भन्न चाहन्छु– ८९ वर्षको उमेरमा पाँचौं पटक प्रधानमन्त्री हुनुहुन्छ । फेरि कांग्रेसले जोडजाड एक्लै सरकार बनाउन सक्दैन । सय सीटमा पनि उम्मेदवारी दिएको छैन । सरकार बनाउँछु भन्ने माओवादीले ५० सीटमा पनि उम्मेदवारी दिन सकेको छैन । एक्लै त सरकार बनाउँछन् भने कल्पना पनि गर्न सकिँदैन,’ प्रश्न गर्दै लिङ्देनले भने, ‘कांग्रेसले जोडजाड गरेर फेरि सरकार बनाउँदा देउवालाई नै ८० वर्षको उमेरमा छैटौँ पटक प्रधानमन्त्री बनाउने त होला नि ?’

उनले निर्वाचन प्रणाली महङ्गो भएकोमा पनि चिन्ता व्यक्त गरेका छन् । त्यसकारण पूर्ण समानुपातिक सांसद, सांसद मन्त्री बन्न नपाउने, जनताले प्रत्यक्ष निर्वाचित गर्न पाउने कार्यकारी प्रधानमन्त्री, अभिभावकीय संस्थाको रूपमा राजा रहने व्यवस्था गर्नुपर्नेमा आफूहरूले जोड दिएको स्पष्ट पारे ।

उनले प्रदेश सरकार खारेज गरेर बलियो स्थानीय र संघीय सरकार बनाउनुपर्ने पनि बताएका छन् ।