काठमाडौं, २६ कात्तिक । फिनल्याण्डको अदालतले एक नेपाली दम्पतीलाई कारागार चलान गरेको छ ।
नेपालबाट मावन तस्करी गरेर फिनल्याण्ड पु¥याएर श्रम शोषण गरेको आरोपमा अदालतले दोषी ठहर गर्दै दम्पतीलाई कारागार चलान गरेको हो ।
पिर्कन्मा जिल्ला अदालतले गुल्मी घर भइ लामो समयदेखि फिनल्याण्डमा रेस्टुरेन्ट व्यवसायमा संलग्न डिलाराम सापकोटा तथा उनकी श्रीमती रिमा सापकोटालाई जेल चलान गरेको हो ।
डिलारामलाई ३ वर्ष ८ महिना तथा उनकी श्रीमती, रिमालाई २ वर्ष १० महिना जेल सजाय सुनाएको हो ।
उनीहरुले नेपालबाट कामदारहरु ल्याएर बिहानदेखि राती अबेरसम्म हप्तामा ६ दिन वा सातै दिन काममा लगाउने गरेका थिए।
नेपाली कामदारले नै प्रहरीमा उजुरी गरेपछि उनीहरु पक्राउ परेका थिए । उनीहरुले सम्पूर्ण कामदारको कागजातहरु आफूसँग राखेर काम गर्न बाध्य पारेको, तलब नदिएको भन्दै कामदारले प्रहरीमा उजुरी गरेका थिए ।













प्रतिक्रिया