२९ आश्विन २०८३, बिहिबार

र्‍यापर ‘हप्याक’को मुखमा आगो झोस्ने झाँक्री पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । नवलपरासीपूर्वको कावासोती नगरपालिका–१ कोइलापानीमा उपचारको बहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा गम्भीर घाइते भएका र्‍यापर मिलनजंग कुँवर हप्याकको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

नौ दिनअघिको घटना सामाजिक सञ्जालमा भाइरल भएपछि यो तथ्य बाहिर आएको हो । काठमाडौं बसेर विभिन्न प्रतियोगितामा भाग लिँदै गरेका र्‍यापर समेत रहेका कावासोती-१ निवासी २० वर्षे मिलनजङ्ग कुँवर बिरामी भएर घर आएका थिए ।

उनको उपचारका लागि भन्दै परिवारले नौ दिनअघि घरमा झारफुक गर्न देवचुली-१२ का ४२ वर्षीय झाँक्री दीपक सार्कीलाई बोलाएको थियो ।

सार्कीले झारफुक गर्ने क्रममा अगुल्टोले मुखमा पटक-पटक झोस्दा कुँवर गम्भीर घाइते भएका हुन् । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि शुक्रबार झाँक्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

घटनाका बारेमा अनुसन्धान भइरहेको पाठकले बताए ।