
काठमाडौं, २६ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलको नेतृत्वमा काठमाडौं क्षेत्र नम्बर ५ मा धेरै भौतिक पूर्वाधार तथा सामाजिक विकासका काम भएका छन् ।
२०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संघीय सरकार, प्रदेश सरकार र स्थानीय पालिकाको सहकार्यमा सडक निर्माण र स्तरोन्नति तथा खानेपानीको क्षेत्रमा व्यापक योजना तथा कार्यक्रमहरु अघि बढेका छन् ।
यसैगरी, सांस्कृतिक सम्पदाहरुको संरक्षण र सम्बर्धनमा पोखरेलले थुप्रै कामहरु गर्नु भएको छ । योबीचमा काठमाडौं महानगरपालिका, टोखा तथा बुढानीलकण्ठ मा विभिन्न पार्क तथा मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएका छन् ।
२०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभामा ईश्वर पोखरेल, प्रदेश सभामा १ मा नारायण सिलवाल र दीपक निरौला निर्वाचित भएका थिए । उनीहरुले यस क्षेत्रको विकासमा अर्बौं बजेट ल्याउन सफल सफल भएका छन् ।
पोखरेलको नेतृत्वमा के-के काम भए पाँच बर्षमा ?
ईश्वर पोखरेलको अगुवाईमा काठमाडौं क्षेत्र नम्वर-५ मा सम्पन्न प्रमुख विकास तथा निर्माणका कामहरुः
–टोखा नगरपालिका चण्डेश्वरी हुँदै बुढानीलकण्ठ जोड्ने ४ किमी सडक कालोपत्र गर्ने कार्य करिब सम्पन्न भएको छ ।
-बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ चपली घुम्तीदेखी श्रीराम स्कूलसम्मको सडक स्तरोन्नति कार्य सम्पन्न भएको छ ।
-बुढानीलकण्ठ वडा नं.४ स्थित प्रगति पुस्तक पसल, गोल्डेन चोक, कपुरचोक हुँदै बुढानिलकण्ठ वडा नं. ६ जोड्ने सडक स्तरोन्नति कार्य सम्पन्न भएको छ ।
-बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ हात्तीगौंडा चोकदेखि विष्णुमतिसम्मको सडक कार्य सम्पन्न भएको छ ।
-बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ गोल्फुटारदेखि च्यासिङ्डोलसम्मको सडक स्तरोन्नति कार्य सम्पन्न भएको छ । साथै, च्यासिङ्डोलदेखि विष्णुमतिसम्मको सडकको टेण्डर भई आगामी वर्ष कार्य सम्पन्न हुने चरणमा रहेको छ ।
-देउराली जनता भगवती मन्दिर–टोखा रोडसम्मको सडक स्तरोन्नति सम्पन्न रहेको छ ।
-टोखा रोड–झुडोलमार्ग निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै, झोर र टोखा जोड्ने मालुङ सडक स्तरोन्नतिको लागि चरणवद्ध कार्य प्रारम्भ भएको छ ।
-बुढानीलकण्ठ नगरपालिका वडा नं. ५ स्थित टुसालको पहिरो नियन्त्रणमा पहल गरिएको तथा काठमाडौं महानगरपालिका वडा नं. ४ र ५ हुँदै बग्ने खहरे खोला व्यवस्थित हुने चरणमा रहेको छ ।
-काठमाडौं महानगरपालिका वडा नं. ५ स्थित सार्वजनिक जग्गा र बौद्ध विहार संरक्षण गर्न कम्पाउन्ड वाल निर्माण सम्पन्न भएको छ ।
-काठमाडौं महानगरपालिका वडा नं. ३ स्थित शिवपुरी माविको स्तरोउन्नतिका लागि विद्यालयलाई ल्यापटप वितरण गरिएको छ ।
खानेपानी
–ईश्वर पोखरेल संसद र सरकारको नेतृत्वमा पुगेपछि खानेपानीको क्षेत्रमा व्यापक योजना तथा कार्यक्रमहरु अघि बढेका छन् ।
-खानेपानीको व्यवस्थित वितरण देखि नयाँ योजना निर्माण गर्ने व्यवस्थित कार्ययोजना यस अवधिमा पूरा भएका छन् । यसै क्षेत्रमा गैह्रीगाउँ खानेपानी योजना निर्माणदेखि जग्गा संरक्षण र खानेपानी व्यवस्थानका निम्ति धनेश्वरमा बजेटको व्यवस्थापन भएको छ । साथै, धनेश्वर खानेपानी आयोजनाका निम्ति नयाँ टोल सुधार समितिका निम्ति पर्याप्त बजेटको भएको छ ।
-सामुदायिक विद्यालयमा खानेपानीको समस्या हल गर्ने प्रयासको प्रारम्भ यसै कार्यकालमा सुरु भएको छ । खासगरी शिवपुरी माविको क्यान्टिन निर्माण तथा खानेपानी व्यवस्थानका निम्ति पहल र प्रयत्नबाट सुरु भएको छ ।
-विगतमा एमाले नेतृत्वको सरकारको अथक प्रयत्नबाट सुचारु भएको मेलम्ची खानेपानीको वितरणलाई यस निर्वाचन क्षेत्रमा पाइप विस्तार तथा वितरणलाई व्यवस्थित गर्ने यस क्षेत्रअन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. २, ३, ४ र ५ मा झण्डै १३ अर्ब बजेटको व्यवस्थापन भएको छ । जुन काम आंशिक रुपमा कार्यान्वयन हुने चरणमा छ ।
सडक
–काठमाडौं निर्वाचन क्षेत्र ५ भित्र सड्क स्तरोन्नति तथा निर्माणमा उल्लेख्य उपलब्धि हासिल भएका छन् । बुढानीलकण्ठ नगरपालिका-३ स्थित छोलिङ गुम्बा सडक निर्माणका लागि पर्याप्त बजेटको व्यवस्थापन भएको छ । त्यस्तै, बुढानीलकण्ठ नगरपालिका-४ मा पहेँलो शिवमन्दिर देखि थापागाउँ हुँदै बुढानिलकण्ठ जाने सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भएको छ । त्यस्तै, बुढानीलकण्ठ नगरपालिका-५ को चिसेनी गैराबारीको सडक स्तरोन्नति तथा थारथो सड्क स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्था भएको छ ।
-डाँडागाउँ गुम्बादेखि ग्रीन भ्यालीसम्मको सडक स्तरोन्नतिका लागि बजेट तथा उपकार टोल सुधार समितिमा सडक स्तरोन्नति तथा ढल व्यवस्थापन पनि पर्याप्त बजेट उपलब्ध । स्टार टाउन सडक स्तरोन्नतिदेखि च्यासिङडोलस्थित ढुंगे बजार रोडको स्तरोन्नति भएको छ । टोखा नगरपालिकाको सुविधा ग्यासदेखि बुढानीलकण्ठ नगरपालिका-७ जोड्ने सडक स्तरोन्नतिका निम्ति पर्याप्त बजेट उपलब्ध भएको छ ।
सार्वजनिक जग्गा
–सार्वजनिक जग्गाको संरक्षण र खोजीको क्षेत्रमा यस अवधिमा उच्च महत्वका साथ कार्य सम्पन्न भएका छन् । सार्वजनिक जग्गा तथा सम्पत्ति व्यवस्थापनको क्षेत्रमा काठमाडौं महानगरपालिका वडा नं. ३ र ४ तथा बुढानीलकण्ठ र टोखा नगरपालिकाभित्र उपलब्धिमूलक काम भएका छन् ।
-बुढानीलकण्ठ-५ स्थित दक्षिणेश्वर क्लब नजिक रहेको सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माण, टोखा ५ मा धापासी देवी मार्गस्थित सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माणका लागि बजेट व्यवस्थापन भएको छ ।
-काठमाडौं महानगरपालिकाको वडा नं. ४ को धोबी खोला करिडोरस्थित सार्वजनिक जमीनमा पार्क निर्माणका लागि पर्याप्त बजेट उपलब्ध गरिएको छ । साथै, काठमाडौं महानगरपालिकाको वडा नं. ३ मा धारा पाटी सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माणको काम अगाडि बढेको छ ।
भवन तथा पूर्वाधार निर्माण
–बुढानीलकण्ठ-७ स्थित पानचोक सामुदायिक भवन र पानचौर सामुदायिक भवन निर्माण कार्यका लागि बजेट विनियोजन भई कार्य प्रारम्भ भएको छ ।
-टोखा २ मा दीगो वातावरण मैत्री सामुदायिक भवन र चण्डेश्वरी सामुदायिक भवन निर्माण भएको छ ।
-काठमाडौं महानगरपालिकाभित्र स्थानीयहरुको माग बमोजिम रानीबारी सामुदायिक भवन, विश्वशान्ति चिरन मिलन क्याम्पस भवन र बाँसबारी भवन निर्माण तथा सुधारको कार्य अगाडि बढेको छ ।
-महानगरपालिकाभित्र रारा समाज भवन र चण्डोल युवा क्लब भवन निर्माण तथा सुधार सम्पन्न भएको छ । साथै, निर्माणाधीन अवस्थामा रहेको त्रिशक्ति क्लव भवन निर्माणको कार्य अगाडि बढेको छ ।
-टोखामा गलेपार्क निर्माण तथान संरक्षणको कार्य अगाडि बढ्नुका साथै धापासी माविको भवनस्थल तथा पूर्वाधार र कम्पाउण्ड बाल निर्माण कार्यका लागि बजेट व्यवस्थापन भएको छ ।
-काठमाडौं महानगरपालिका ५ स्थित द्यछें फः सम्पदाको पूर्वाधार निर्माण र विकास कार्यका लागि पर्याप्त बजेटको व्यवस्थापन गरिएको छ ।
मठ तथा मन्दिर निर्माण
–उपत्यकाको उत्तरी भेकमा अवस्थित साँस्कृतिक नगरी टोखाको प्रसिद्ध सपनतिर्थ मन्दिर तथा सतल पुनःनिर्माणको कार्यका लागि पर्याप्त बजेट व्यवस्थापन गरिएको छ । साथै टोखामै अवस्थित चुनदेवी मन्दिर प्राङ्गण निर्माण अगाडि बढेको छ ।
-काठमाडौं महानगरपालिकास्थित चुनदेवी सामुदायिक भवन तथा मन्दिर पुनःनिर्माणको काम अगाडि बढेको छ भने पञ्चकुमारी मन्दिर निर्माणाधिन भवनको बाँकी काम अगाडि बढ्ने क्रममा रहेको छ ।
अन्य कार्य
–बुढानीलकण्ठको धरमपुर बस्तीमा ढुंगा छाप्ने कार्य अगाडि बढेको छ । सिद्धीगणेश टोलदेखि भद्रकाली डेरी जोड्ने बाटो ढलान गर्नेका निम्ति आवश्यक बजेट व्यवस्थापन भएको छ ।













प्रतिक्रिया