१ कार्तिक २०८३, आइतबार

भरत केसीलाई घान्बा–ताम्बा र लामाको आर्शीवाद : सांसद जितेर मन्त्री हुनु !

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, २५ कात्तिक । दोलखाबाट बागमती प्रदेश सभा (ख) का एमाले उम्मेदवार भरत बहादुर केसीलाई शैलुङका जनताले ‘सांसद जिताएर पठाउने भूमिका हाम्रो, मन्त्री भएर शैलुङको विकास गर्ने काम तपाईंको’ भन्दै शुभकामना र आर्शीवाद दिएका छन् ।

चुनावी अभियानको क्रममा शैलुङ गाउँपालिका पुग्दा उम्मेदवार केसीलाई शैलुङका जनताले मतदान गरी विजयी गराउने मनसाय व्यक्त गरेका हुन् । घरदैलो अभियानको क्रममा उम्मेदवार केसीलाई ज्येष्ठ नागरिक, ताम्बा, घान्बा र लामागुरुहरूले आर्शीवादसहित मन्त्री हुन शुभकामना दिएका हुन् ।

शैलुङ गाउँपालिकाको दूधपोखरी ताम्चेत हुँदै सुरु भएको चुनावी अभियान सबै वडामा घरदैलोसहित आज सकिएको छ । अभियानको क्रममा यहाँको जनतामा एमालेप्रतिको उत्साह, ऊर्जा र उत्साह चुनावी अभियानसँगै उर्लिएको एमाले नेता थिरबहादुर तामाङले बताए ।

उनका अनुसार शैलुङमा तामाङ समुदाय भएका कारण यहाँका ताम्बा, घान्बा र लामाले भरत केसीलाई सांसद जितेर मन्त्री हुन शुभकामनासहित आर्शीवाद दिएका हुन् ।

स्थानीय तह निर्वाचनमा भएको कमीकमजोरी समेत आत्मालोचनासहित मंसिर ४ को निर्वाचनमा शैलुङ होमिएको एमाले नेता भरत दुलालको उद्घोष छ । उम्मेदवार भरत केसीले दोलखामा प्रदेश (क) र (ख) मात्रै नभएर प्रतिनिधिसभा समेत एमालेको जित पक्का भएको उद्घोष उनको छ ।

दुलालले ‘मंसिर ४ गठनबन्धनको हार र एमालेको सरकार’ बन्ने शुभ दिन भएका कारण शैलुङका जनतालाई सूर्य चिह्नमा मतदान गर्न अनुरोध गरेका छन् ।