२९ आश्विन २०८३, बिहिबार

नेपाली महिला टोलीको ऐतिहासिक उपाधि: यू-१५ महिला साफको उपाधि नेपाललाई

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । नेपालले बंगलादेशमा आयोजना भएको यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ।

ढाकामा शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो । नेपाली महिला फुटबलको उमेर समूहमा यो ऐतिहासिक उपाधि हो। नेपाली महिला टोलीको कुनै पनि उमेर समूहको यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो।

रोमान्चक खेलमा नेपालकी गोलकिपर तथा कप्तानी गरेका सुजता तामाङले उत्कृष्ट प्रदर्शन गर्दै एक पेनाल्टी बचाएपछि नेपाल च्याम्पियन बनेको हो ।

खेलमा सुरुआती अग्रता नेपालले बनाएको थियो । खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

तर, खेलको ५४ औं मिनेटमा रुमाले गोल गर्दै बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याईन् । बराबरीसगै नेपालले उपाधि जितेको हो । नेपालले ४ खेलमा अपराजित रहदै १० अंक जोड्दै उपाधि उचाल्न सफल भएको हो ।

बंगलादेश भने ४ खेलमा ७ अंक जोडेर उपविजेता बन्यो ।