२९ आश्विन २०८३, बिहिबार

प्युठानमा जित सुनिश्चित गर्दै सूर्य थापा, कांग्रेस बीपी र जसपाको समर्थन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । प्युठानमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका सूर्य थापाले आफ्नो जित सुनिश्चित बनाउँदै लगेका छन् ।

थापालाई जनता समाजवादी पार्टी नेपाल र नेपाली कांग्रेस बीपीले पनि समर्थन गर्ने निर्णय गरेपछि थापाको जित लगभग सुनिश्चित जस्तै देखिएको हो ।

नेकपा एमाले, नेपाली बीपी कांग्रेस र जनता समाजवादी पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै तालमलेको सहमति भएको जानकारी दिएका हुन् ।

नेकपा एमालेका जिल्ला अध्‍यक्ष विजयराज विष्ट, कांग्रेस बीपीका जिल्ला सभापति बलबहादुर महतारा र जनता समाजवादीका जिल्ला अध्‍यक्ष श्रीराम पोखरेलले संयुक्त विज्ञप्ति निकालेर तीन बुँदे तालमेल सहमति गरेका हुन्।

तीन दलबीच प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्‍यक्ष उम्‍मेदवारतर्फ सूर्य चिह्नमा मतदान गर्ने, प्रतिनिधि तथा प्रदेशसभा समानुपातिकतर्फ आ-आफ्नो पार्टीको चुनाव चिह्नमा मतदान गर्ने र चुनाव प्रचार-प्रसारका क्रममा संयुक्त सभा र घरदैलो गर्ने सहमति भएको हो ।