१ कार्तिक २०८३, आइतबार

गरिमा विकास बैंकको लाभांश घोषणा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा शेयर प्रिमियम समेतबाट शेयरधनीहरुलाई १४.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये १३ प्रतिशत बोनस शेयर रहेको छ भने १.५० प्रतिशत (कर प्रयोजन सहित) नगद लाभांश रहेको छ ।

कात्तिक २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।