
धरान, २५ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैं सकिने बताएका छन् ।
आज शुक्रबार धरानमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै एमालेलाई सिध्याउने षडयन्त्र लामो समयदेखि नै भएको भन्दै एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैं सकिने बताएका हुन् ।
उनले देश विकासका सन्दर्भमा गठबन्धनलाई बोेकेको कांग्रेसलाई एक्लै चूनाव लड्न आउन चूनौती पनि दिएका छन् ।
ओलीले एक्लै चूनाव लडे एमालेले सिध्याउँछ भन्ने कांग्रेसलाई राम्ररी थाहा भएको तर्क गरेका छन् । कांग्रेसले समाजवादको कुरा गरे पनि समाजवाद भन्ने नै थाहा नपाएको भन्दै उनले अहिले ढोडको वैशाखी टेकेर हिँडेको समेत बताए ।
विदेशी देख्नेवित्तिकै पुच्छर लुकाउनेबाहेकसँग तालमेल गर्न सकिन्छ भनेर जसपा र राप्रपासँग केही सीटमा तालमेल गरेको ओलीको प्रष्टोक्ति छ । अबको निर्वाचनमा माधव नेपालको नेकपा एकीकृत समाजवादी र लोसपा राष्ट्रिय पार्टी बन्न नसक्ने र प्रचण्ड पनि आफैँ विस्तारै सकिँदै जाने तर्क ओलीको छ ।
गठबन्धनले सरकार बनाएपछि मुलुक भ्रष्टाचारमा डुबेको बताउँदै ओलीले अहिले टुक्राटुक्री जोडेर सरकार बनाउन दिन नहुने भन्दै एमालेले बहुमतसँगै सरकार बनाउने दाबी गरे ।















प्रतिक्रिया