१ कार्तिक २०८३, आइतबार

केदार सिग्देलको राजनीतिक यात्रा…

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २५ कात्तिक । नेपाल कम्युनिष्ष्ट पाटी (एमाले) तनहुँ क्षेत्र नं २ (ख) का उम्मेदवार एवम् प्रतिनिधि सभाका निवर्तमान सांसद केदार सिग्दलको जन्म वि.स. २०२० असोज ५ गते साविक किहुँ–७ भिमादमा भएका हो ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनी २०३५–३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भई अनेरास्ववियु र तत्कालीन नेकपा (माले) सम्वद्ध विभिन्न कमिटीहरूमा सङगठित रही सक्रिय भूमिका निर्वाह गरी राजनीतिमा होमिएका हुन् ।

२०३८–०३९ सालमा आसामको मेघालयबाट नेपालीहरूलाई जर्वजस्त रूपमा खेद्ने कदमविरोधी आन्दोलमा सक्रिय सहभागिता जनाएका सिग्देल १५ वर्षको उमेरदेखि नै सक्रिय रूपमा राजनीतिमा प्रवेश गरिसकेका थिए । २०४० सालको माघ १ गतेको पिस्कर हत्याकाण्ड विरोधी आन्दोलनको सिलसिशलामा नेपाल ल क्याम्पस र जिल्लाको दक्षिण पश्चिम भेगमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

२०४३ सालको निर्वाचनमा जनपक्षीय उम्मेदवारलाई उठाई चुनाव उपयोग गर्ने नीतिको पक्षको सक्रिय क्रियाशील रहेका सिग्देल यस विचमा राजनीतिक आन्दोलनमा लागे वापत पटक पटक जेलनेल भोगेका छन् ।

२०४६ सालको संयुक्त जनआनलोलनमा मुलत: जिल्लाको दक्षिण–पश्चिम क्षेत्रको मोर्चाको सशक्त र प्रभावकारी नेतृत्वदायी भूमिकामा थिए । २०४८, २०४९, २०५१, २०५४, २०५६, २०६४ र २०७० सालको आम निर्वाचन तथा स्थानीय निकायको चुनवामा आफू उम्मेदवार नभई पार्टीको उम्मेदवारलाई विजयीगराउन मन, वचन र कर्मले समर्पित भएर लागेका सिग्देल पार्टी र जनतामाझ प्रष्ट वक्ता, अडान र सादा जीवन उच्च विचारको रूपमा परिचित छन् ।

२०६२/०६३ सालमा भएको ऐतिहासिक लोकतान्त्रिक जनआन्दोलनमा सशक्त नेतृत्वदायी भूमिका निर्वाह गरेका सिग्देलले दुई कार्यकाल एमालेको निर्वाचित जिल्ला अध्यक्ष र नेकपाको समेत जिल्ला अध्यक्षको जिम्मेवारीमा रहि कुशल सङ्गठकको भूमिका निर्वाह गरेका थिए । केदार सिग्देलको नेतृत्वमा ०७४ सालमा भएको आम निर्वाचनमा नेपाली कांग्रेसको गढ मानिएको तनहुँको २ प्रतिनिधसिभा र ४ प्रदेशसभा सदस्यमा नेकपाका उम्मेदवारलाई ६ सीटमा नै विजयी गराएका थिए । शालिन, भद्रता र कुशल संगठकका रूपमा परिचित केदार सिग्देल पार्टीभित्र राम्रो पकड राख्ने नेता हुन् ।

जिल्ला पार्टी अध्यक्ष र सङघीय संसद (प्रतिनिधिसभा) मा प्रत्यक्ष जन–निर्वाचित सदस्यको हैसियतमा दल र संसदीय अनुशासन तथा मर्यादा कायम राखी पदीय जिम्मेवारी, जवाफदेहिताका साथ सम्पादन गरी सुयोग्य र निष्कलंकित जनप्रतिनिधिको रूपमा पहिचान स्थापित गरेका सिग्देल जनताको विकास र समृद्धिमा तल्लिन देखिन्छन् ।

समयको ख्याल राख्ने, बोलीका पक्का र साधारण जीवन व्यतित गर्ने सिग्देलको अहिले पनि कृषि कर्ममा आवद्ध छन् । विगत ०७४ मा भएको आम निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारीलाई ३ हजार ५०० माथिको मतान्तरले जितेको सिग्देल अहिले भने क्षेत्र नं २ (ख) मा गठवन्धनका उम्मेदवार जित प्रकाश आलेसँग चुनावी प्रतिष्पर्धामा उत्रेका छन् ।

जनतासँगको निरन्तरको सम्बन्ध, जनप्रतिनिधि हुँदा विकास निर्माणमा खेलेको भूमिका र आम जनताहरूको साथ र विश्वास नै जितको आधार भएको सिग्देलले बताए । राजनीतिमा थकाई भन्ने शब्दावली भन्ने हुँदैैन भन्ने मदन भण्डारीको भावनालाई आत्मासात गर्दै निरन्तर देश र जनताप्रति समर्पित रहने उद्घोष गरेका सिग्देल व्यक्तिगत स्वार्थको प्रलोभनमा परी वा सबैको जाती हुने नाममा असर प्रवृत्ति दुरुत्साहित र गलत प्रवृत्ति प्रोत्साहित हुन्छ भन्ने जान्दाजान्दै वा पीडितको न्यायको हक गुमाउने अवश्थामा मौनता साँध्नु गम्भीर सामाजिक अपराधमा संलग्न हुनु बराबर ठान्दछन् ।