
काठमाडौं, २५ कात्तिक । मुक्तिनाथ विकास बैंकले विभिन्न महिला उद्यमीहरूलाई सम्मान गरेको छ ।
आर्थिक वर्ष २०७९/०८० मा आफ्नो कार्यक्षेत्र भित्रका ५० वटा स्थानहरुमा बैंकको लघु बैंकिङ्ग कार्यक्रममा आबद्ध सदस्यहरुलाई केन्द्र गोष्ठी तथा वित्तीय साक्षरता कायक्रम आयोजना गरेर उनीहरूलाई सम्मान गरेको बैंकले जनाएको छ ।
उक्त कार्यक्रममा लघु बैंकिङ अन्तर्गत विभिन्न कृषि, पशुपालन तथा साना साना उद्यमहरु सञ्चालन गरिरहेका उत्कृष्ट २६४ जना महिला उद्यमीहरुलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा महिला सशक्तिकरण, वित्तीय ज्ञान र देश विकासको प्रमुख आधार, कृषिमा व्यावसायिक सुधार भन्ने अभियानलाई प्राथमिकतामा राखी मुक्तिनाथ कृषि कम्पनीका अधिकारीहरुको उपस्थितिमा स्थानीय किसानहरुको समस्या सुन्ने, समस्या समाधान गर्ने र कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकास गर्ने उपायहरु सिकाउने कार्य पनि भएको थियो ।
उत्कृष्ट महिला उद्यमीहरुलाई सम्मान तथा उनीहरुलाई आफ्नो व्यवसाय विस्तार तथा व्यवस्थापन गर्नका लागि वित्तीय ज्ञान र वित्तीय प्रणालीबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा स्थानीय निकायका पदाधिकारी, स्थानीय भद्रभलाद्मी र विभिन्न पेशामा आबद्ध हुनुभएका महिला उद्यमीहरु सहित लगभग ३ हजार ५०० जनाको उपस्थिति थियो ।
















प्रतिक्रिया