१ कार्तिक २०८३, आइतबार

देश बनाउनका लागि एमालेको सरकार आवश्यक छ : अध्यक्ष ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २५ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आधुनिक नेपाल निर्माणको अगुवाई गर्ने पार्टी एमाले मात्रै भएकाले मंसिर ४ को चुनावपछि एमालेको सरकार बन्ने बताएका छन् ।

नेकपा (एमाले) झापा निर्वाचन क्षेत्र नं ४ मा हिजो बिहीबार आयोजित दुई वटा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ पछि एमालेकै सरकार बन्नुपर्छ भनेर जनताले नै भनिरहेको दाबी गरेका छन् । देशमा देख्न/देखाउन लायक सबै काम एमालेले गरेको ओलीको भनाइ ।

ज्येष्ठ नागरिकलाई भत्ता सुरू गर्ने एमाले भएको बताउँदै उनले भने, ‘एमालेले सरकार गठन गर्नु अघिका कुनै सरकारले ज्येष्ठ नागरिकलाई सम्झिएनन्, एमालेले महिनाको एक सय रुपैयाँबाट सम्झिएको ज्येष्ठ नागरिक भत्ता आज दिनको १३३ भन्दा बढी भएको छ, महिनाको चारहजार पुर्याइएको छ, अपाङ्गता भएकालाई पनि एमालेले भत्ता दिएको छ ।’

सडकमा पुुगेका बालबालिका, असहाय मानिसको व्यवस्थापन, भिखमङ्गारहित देश बनाउने अभियान, दुर्गममा हेलिकोप्टर पठाएर गर्भवती र सुत्केरीको उद्वारको काम एमालेले गरेको स्मरण गर्दै अध्यक्ष ओलीले भने, ‘तुइन विस्थापन, पेट्रोलियम पाइपलाइन, रेल सञ्चालनदेखि नेपाललाई सुरुङमार्गको युगमा प्रवेश गराउने काम पनि एमालेले गरेको हो ।’

एमाले मात्रै एउटा कार्यक्रम लिएर देश बनाउने नीतिका साथ अगाडि बढेको बताउँदै अध्यक्ष ओलीले गठबन्धन दललाई निर्वाचनपछि कुन घोषणापत्र कार्यान्वयन गर्ने भनेर प्रश्न गरे । ‘उनीहरू एउटा गठबन्धनमा त छन् तर, सबैको आ–आफ्ना घोषणापत्र छन् । चुनावपछि के गर्छौ भन्दा एउटाले एउटा कुरा भन्दा अर्काले अर्काे । गठबन्धन चाहिँ कायम राख्ने भन्छन् तर एउटा पूर्व जाने भन्छ अर्कोले पश्चिम । कुनै एउटा कार्यक्रम छैन,’ ओलीले भने ।