
दोलखा, २४ कात्तिक । नेकपा एमाले दोलखाका नेता एवम् प्रतिनिधि सभा सदस्य उम्मेदवार बालकृष्ण शिवाकोटीले गठबन्धन सरकारले तामाकोशी तेस्रोको क्षमता घटाएर योजना बन्न नदिएको बताएका छन् ।
हिजो बुधबार नेकपा एमालेले जिल्लाको कीर्नेमा आयोजना गरेको चुनावी कार्यक्रममा शिबाकोटीले एमालेको सरकारले आयोजनालाई पूर्ण क्षमतामा निर्माण गर्न लागेको र सरकार परिवर्तन भएपछि योजना अलपत्र बनेको दाबी गरेका हुन् ।
‘सरकार परिवर्तन हुनेवित्तिकै आर्थिक लेनदेन गरेर कुनै व्यापारीलाई लाइसेन्स सुम्पिएको छ,’ उम्मेदवार शिबाकोटीले भने, ‘क्षमतासमेत ६५० बाट २०० मा झारिएको छ । यसका कारण दोलखा विकासमा पछि परेको छ ।’
एमाले सरकार बनेपछि सो योजना अगाडि बढाइने बताउँदै आफूलाई सूर्य चिह्नमा मतदान गरेर जिताउन उनले मतदातालाई अपिल गरेका छन् ।















प्रतिक्रिया