१ कार्तिक २०८३, आइतबार

केशवटारको गौरव, गर्जोदी खानेपानी आयोजना

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २४ कात्तिक । व्यास–१४ को वडाको नै गौरवको आयोजनाको रूपमा हेरिएको गजौदी खानेपानी आयोजनाको दुई वटा पानी टंकी ठिनमा निर्माण सम्पन्न भएको छ ।

सात करोड ७८ लाख रूपैयाँको लगानीमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनामा गत आर्थिक वर्षमा १५ लाख विनियोजित बजेटबाट १ लाख ५० हजार लिटर र ३० हजार लिटर क्षमता रहेको दुई वटा पानी टंकी निर्माण सम्पन्न भएको हो ।

व्यास–१४ को वडामा रहेको केशवटार, रुम्सि, नयाँगाउ, ठिन, हर्कपुर लगायतको क्षेत्रमा वितरण हुने खानेपानीको योजना १ घर १ करेशावारी कार्यक्रम अन्र्तगत सुरू भएको हो । नेपाल सरकारले लगानी गरेको आयोजना तीन वर्षमा सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ ।

आर्थिक वर्ष ०७८–०७९ मा २ करोड १० लाख वजेट विनियोजन भएर कार्यन्वयनको चरणमा गएको योजनामा २ वटा रिजर्भ टंकी, पाइपलाइन विस्तार र विद्युत् सप्लाई हुने वडा सदस्य दुर्गा बहादुर आलेले जानकारी दिए । आयोजनाको निर्माण सम्पन्न भएपछि कृषि र उत्पादनमा ठूलो टेवा मिल्ने वडा सदस्य आलेले बताए ।

यो व्यास–१४ को नै गौरवको आयोजना हो । यसको निर्माण सम्पन्न भएर कार्यान्वयनमा गइसकेपछि केशवटारलाई नै उत्पादनको हव बनाउने र उत्पादनमा जोड्ने बताए । केशवटारमा वाटोको सबै सञ्जालले जोड्ने र उत्पादनलाई जोड दिने वडाको लक्ष्य भएको उनले बताए । आत्मनिर्भर र समृद्ध बन्नका लागी यो आयोजनाले ठूलो भूमिका खेल्ने आलेले बताए ।

खानेपानी टंकी हर्कपुर, रुम्सि र नयाँ गाउँमा थप १÷१ लाख लिटरको ३ वटा बन्ने र यो आयोजना सम्पन्न भएपछि हरेक घरमा करेशावारी, सिंचाई र उत्पादनका लागी महत्वपूर्ण भूमिका खेल्नेछ । जसले केशवटारको दीगो विकासलाई जोड्दछ, वडाध्यक्ष काजीमान श्रेष्ठले बताए ।