२ कार्तिक २०८३, सोमबार

विदेशीलाई ‘कम्फर्टेबल’ हुने सरकार बनाउनबाट गठबन्धनलाई रोक्नुपर्छ : राजेन्द्र लिङ्देन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, २४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीलाई सजिलो हुने ‘कम्फर्टेबल’ सरकार बनाउनबाट गठबन्धनलाई रोक्नुपर्ने बताएका छन् ।

बिहीबार उदयपुरको बेल्टारमा आयोजित राप्रपाको चूनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले मुलुकमा वैदेशिक हस्तक्षेप बढ्दै गएको र सत्ता गठबन्धनले विदेशीलाई सजिलो हुने सरकार बनाउँछु भन्दै हिँडेको बताएका हुन् ।

अहिले नेपालमा प्रधानमन्त्री वा मन्त्रीहरु को हुने भन्ने पनि विदेशीले तय गर्न थालेको उनको भनाइ छ । मुलुकमा देखिएको बेथिति, विकृति र बिसंगतीको अन्त्य गर्न गठबन्धनको विकल्प खोजनुपर्ने लिङ्देनले बताए ।