२ कार्तिक २०८३, सोमबार

नेप्सेको गिरावट रोकिएन, एकैदिन २३ अङ्कले घट्यो बजार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ ।

बुधबार ३९ अङ्कले घटेको नेप्से आज २३ दशमलव ५२ अङ्कले झरेर एक हजार आठ सय ९३ दशमलव ७० अङ्कमा कायम भएको हो ।

आज दुई सय २६ कम्पनीको ३१ लाख १४ हजार ६८९ कित्ता शेयर खरिद बिक्री हुँदा एक अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ८८ दशमलव ५४ र जीवन बीमा समूहको उपसूचक ६९ दशमलव ७७ अङ्कले घटेको छ ।

त्यस्तै, बैंकिङ समूहमा नौ दशमलव २१, व्यापार समूहमा २१ दशमलव ७८, होटल तथा पर्यटन समूहमा २८ दशमलव दुई र जलविद्युत् समूहमा ४१ दशमलव १८ अङ्कको गिरावट देखिएको छ ।

वित्त समूहको उपसूचक ३८ दशमलव ४७, उत्पादन समूहको उपसूचक ६३ दशमलव ९७, लघुवित्त समूहको उपसूचक ५० दशमलव ५७, म्युचुअल फन्डको उपसूचक शून्य दशमलव १६ र अन्य समूहको उपसूचक ३३ दशमलव ५७ अङ्कले घटेको पनि नेप्सेले जनाएको छ ।

आज २१ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीको घटेको छ ।सबैभन्दा धेरै मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयर तीन दशमलव ९३ प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी गुमाउनेमा भने अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर ६ दशमलव ९१ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै रु १० करोड २२ लाख ३५ हजार चार सय २८ बराबरको एक लाख ६२ हजार एक सय १५ कित्ता शेयर किनबेच भएको छ ।