
काठमाडौं, २४ कात्तिक । काठमाडौं निर्वाचन क्षेत्र नं. ५ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी दर्जनौँ नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
कांग्रेसका क्रियाशील सदस्य रमेश प्रजापति र आशीष महर्जन एमालेमा प्रवेश गरेका हुन् । यस्तै, माओवादी केन्द्रबाट गत स्थानीय निर्वाचनमा वडा नम्बर–४ मा वडा सदस्यका उम्मेदवार रहेका दिनेश श्रेष्ठसहित राप्रपाबाट न्छ्छे प्रजापति र जसपाबाट शिव पाण्डे, अंशु उपाध्याय र विमला पाण्डेलगायत दर्जनौँ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर–४ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य ईश्वर पोखरेल र एमाले केन्द्रीय सदस्य तथा प्रदेशसभा ‘क’ का उम्मेदवार नारायण सिलवालले पार्टीमा स्वागत गरे ।















प्रतिक्रिया