२ कार्तिक २०८३, सोमबार

प्रचण्डको चुलबुले बानीका कारण नेकपाको एकता टिक्न सकेन : अध्यक्ष ओली

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २४ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले नेकपाको एकता ताडेको आरोप लगाएका छन् ।

आज बिहीबार झापा क्षेत्र नम्बर ४, सिवगञ्जमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एकठाँउमा बस्नै नसक्ने प्रचण्डको चूलबुले बानीका कारण नेकपाको एकता तोडेको आरोप लगाएका हुन् ।

पार्टी एकीकरण गरिसकेपछि एकतवद्ध पार्टीमा बसेर देश बनाउनुपर्नेमा केहि कार्यकर्तालाई प्रचण्डले अल्मलाएर आफैसँग लगेको उनको भनाइ छ । माओवादीका केही नेताहरूले पार्टीलाई पारिवारिक चंगोल बनाएको तर्क समेत ओलीले गरेका छन् ।

अध्यक्ष ओलीले एमालेको देश बनाउनेबाहेक अन्य कुनै स्वार्थ नभएको भन्दै गठबन्धन छाडेर एमालेमा आउन कांग्रेस र माओवादीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

त्यस्तै ओलीले एमालेले अघि बढाएको विकासको अभियानलाई अघि बढाउन आगामी निर्वाचनमा जित्नै पर्ने र पाँच वर्ष देश बनाएरै छाड्ने जिकिर गरे । ओलीले नेपाल जस्तो देश गरिबी हुनुपर्ने कुनै कारण नै नरहेकाले एमाले सरकारले समृद्ध बनाउने दाबी गरेका छन् ।

यसपटकको निर्वाचनमा केही सीटमा राप्रपासँग भएको तालमेलको सहमतिलाई कार्यान्वयन गर्ने उनले बताए ।

कार्यक्रममा ओलीले विभिन्न दलका कार्यकर्तालाई एमाले प्रवेश गराएका छन् ।