२९ आश्विन २०८३, बिहिबार

बुधबार निधन भएका थापाको ठाउँमा कांग्रेसले लिम्बुलाई उम्मेदवार बनायो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । नेपाली कांग्रेसले मोरङ-३ को प्रदेशसभा निर्वाचन क्षेत्र ‘१’ मा मानबहादुर लिम्बूलाई उम्मेदवार बनाएको छ ।

कांग्रेसका उम्मेदवार एवं प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षणमन्त्री ५६ वर्षीय शेखरचन्द्र थापाको निधन भएपछि पार्टीले लिम्बूलाई उम्मेदवार बनाएको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिका अनुसार कांग्रेसलाई मनोनयन दर्ताका लागि बिहीबार १० बजेदेखि १ बजेसम्मका समय दिएको थियो ।

लिम्बुविरुद्व दाबी विरोधलगायतका प्रक्रिया पूरा गरेर शुक्रबार अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी रहेको छ ।

गम्भीर निमोनिया भएपछि अस्पताल भर्ना भएका थापाको बुधबार विराटनगरस्थित नोबेल मेडिकल कलेजमा निधन भएको थियो ।

उनको निधनको शोकमा प्रदेश सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।