
काठमाडौं, २४ कात्तिक । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ र बिक्री दर १३० रुपैयाँ ६० पैसा रहेको छ भने युरो एकको खरिद दर १३० रुपैयाँ ६९ पैसा र बिक्री दर १३१ रुपैयाँ २९ पैसा रहेको छ ।
यसैगरी, राष्ट्र बैंकले बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ ६९ पैसा र बिक्री दर १४९ रुपैयाँ ३८ पैसा तोकेको छ ।
आज कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ४६ पैसा र बिक्री दर ३५ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंक अनुसार यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर:
















प्रतिक्रिया