
काठमाडौं, २२ कात्तिक । ४ मंसिरमा हुने आम निर्वाचनको घरदैलो अभियानमा रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर-५ का उम्मेदवार ईश्वर पोखरेललाई सोही क्षेत्रमा पर्ने बुढानीलकण्ठबासीले स्वागत गरेका छन् ।
मंगलबार बिहान आफ्नो क्षेत्र अन्तर्गत पर्ने बुढानीलकण्ठ-४ पुग्दा नेता पोखरेललाई स्थानीय मतदाताहरुले सडक नजिक एमालेको सूर्य चुनाव चिन्ह बनाएर स्वागत गरेका हुन् ।

पोखरेलले यसअघि निर्वाचित भएर ५ वर्षमा उल्लेखनिय काम गरेको स्मरण गर्दै उनीहरुले यसपटक पनि पोखरेलले जित्नुपर्ने भन्दै शानदार विजयको लागि शुभकामना समेत दिए ।

हालै बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पनि बुढानीलकण्ठ नगरपालिकामा एमालेले प्रमुख र उप्रमुखसहित वडाहरुमा शानदार जित हात पारेको थियो ।
काठमाडौं-५ को प्रदेशसभा २ का उम्मेदवार दीपक निरौलासँगै बुढानीलकण्ठमा घरदैलोमा रहेका छन् पोखरेल ।

















प्रतिक्रिया