२ कार्तिक २०८३, सोमबार

नेपाली कांग्रेसको वडा समिति नै एमालेमा समाहित

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, २१ कात्तिक । खोटाङमा नेपाली कांग्रेसकोे वडा समिति नै नेकपा एमालेमा समाहित भएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका वडा सभापति र नेपाल विद्यार्थी संघका जिल्ला सचिव राजदेश राईको नेतृत्वमा ६३ जना एमालेमा प्रवेश गरेका हुन् ।

आइतबार बतासेमा भएको चुनावीसभामा कांग्रेस प्रदेश ‘ख’ का उम्मेदवार भूपेन्द्र राईप्रती असन्तुष्टि जनाउँदै पूर्व कार्यवाहक सभापति, वडा सदस्यका उम्मेदवार तीलककुमार राई, पार्टी वडा सचिव प्रेम राई, वडा सह–सचिव नारायण राई, सुरेन्द्र भुजेल, अग्रज नेता महेश्वर राई, वडा कार्यसमिति सदस्य सूनिल राई, सदस्य म्यानबहादुर भुजेल, ओम राई, राजकुमार राई, रिजित राई र किरण राईलगायत ६३ जना एमालेमा प्रवेश गरेका हुन् ।

यस्तै, जसपा खोटाङका जिल्ला सदस्य एवम् डाँडागाउँ वडाध्यक्षका उम्मेदवार किशोरचन्द्र राई र जसपाका नेता साजन राई पनि एमालेमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरूलाई नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् खोटाङ जिल्ला सह–इञ्चार्ज उषाकला राई, एमाले खोटाङका अध्यक्ष प्रदेशसभा ‘ख’ का उम्मेदवार रामप्रसाद दंगाल, जिल्ला उप–सचिव दीपनारयण रिजाल, सुनसरी जिल्ला कमिटी सदस्य कांशीनाथ दंगाल, एमाले जिल्ला कमिटी सदस्य ओम प्रकाश घिमिरेलगायतले खादा र माला लगाएर पार्टी स्वागत गरे ।