२ कार्तिक २०८३, सोमबार

दुई वर्षभित्र सबै सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्छौं : महासचिव पोखरेल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २१ कात्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको सरकार बनेको दुई वर्षभित्र देशभरका सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गरिसक्ने बताएका छन् ।

सुकुम्बासी बस्तीका रूपमा चिनिएको घोराही–१४ स्थित जनमैत्री टोलले उम्मेदवार पोखरेललाई स्वागत र पार्टी प्रवेश गर्न आज सोमबार आयोजना गरेको कार्यक्रममा पोखरेलले एमाले गरिब, बेरोजगार र पिछडिएका वर्गको हित चाहने पार्टी भएकाले सुकुम्बासीलाई जतिसक्दो छिटो पूर्जा वितरण गरिने बताएका हुन् ।

नेपालका सुकुम्बासी एवम् जग्गा नहुनेहरूका लागि जग्गाको व्यवस्थापन गर्दै पूर्जा वितरण गर्नका लागि एमाले सरकारले सुकुम्बासी आयोग गठन गरेको, त्यसले धेरै काम सम्पन्न गरिसकेको अवस्थामा गठबन्धनको सरकारले आयोग विघटन गरेर सुकम्बासीहरूको समस्यालाई बेवास्ता गरेको पोखरेलको भनाइ छ ।

यस विषयमा एमाले सरकारले विगतमा धेरै काम गरिसकेकाले अब पूर्जा वितरण गर्न एमाले सरकार बनेपछि समस्या नहुने बताउँदै उनले एमालेको चुनाव चिह्न सूर्यमा मतदान गर्न आम अपिल पनि गरेका छन् ।

सोमबार आयोजित कार्यक्रममा पोखरेलले जनमैत्री टोलका ३४ जनालाई एमालेमा प्रवेश गराएका छन् । टोलवासीले नै गरेको कार्यक्रममा उनले ती व्यक्तिहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।

लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका पोखरेल दाङ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उममेदवार छन् । साथै दाङ–२ (१) मा एमालेका बलिभद्र राना र (२) मा गिरीराज केसी उम्मेदवार छन् ।