
दाङ, २१ कात्तिक । नेकपा (एमाले) को सरकारले आर्थिक समृद्धि हासिल गर्नुका साथै विपन्न, सुकुम्बासीहरूको हितमा काम गर्ने विश्वास व्यक्त गर्दै घोराही–१४ जनमैत्री टोलका ३४ जना एमालेमा प्रवेश गरेका छन् ।
सुकुम्बासी बस्तीका रूपमा चिनिएको उक्त टोलले सोमबार आफ्नै टोलमा भव्य कार्यक्रमको आयोजना गरी नेकपा (एमाले) का महासचिव तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार शंकर पोखरेललाई स्वागत गर्नाका साथै पार्टी प्रवेश समेत गरे ।
विगतमा अन्य पार्टीहरुमा भोट हालेको भए पनि आफूहरूको पहिलो समस्या जग्गाधनी लालपूर्जा पाउनु रहेको बताउँदै स्थानीय बासिन्दाले एमालेको सरकारले लालपूर्जा वितरण गर्न गठन गरेको सुकुम्बासी आयोग अहिलेको सरकारले विघटन गरी लालपूर्जा वितरण कार्य नगरेको, चरम महङ्गी हुँदा समेत सरकार मौन बसेको भन्दै उनीहरू एमाले प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गर्नेहरूमा ताराप्रसाद बस्नेत, दिलबहादुर चलाउने, टीकाराम बस्नेत, खिमबहादुर नेपाली, गणेश वली, कमल वली, दीपक वली, दीपा वली, अनिता वली, दिया वली, कल्पना खड्का, जयकुमारी खड्का, मनराज खड्का, मोहन बिक र कमला बस्नेत छन् ।
यस्तै, रुपधन बस्नेत, चुरण बस्नेत, सपना बस्नेत, कलम ओली, स्मृति बस्नेत, शोभाराम नेपाली, हरिकला बस्नेत, पवित्रा चलाउने, प्रेमबहादुर बस्नेत, गौरी बस्नेत, केशरी बस्नेत, तिलसरी बुढा, कुम्भ बुढा, ओमप्रकाश बस्नेत, विवेक बुढा, चन्द्रबहादुर बस्नेत र शारदा बस्नेत पनि एमालेमा प्रवेश गरेका छन् ।















प्रतिक्रिया