२ कार्तिक २०८३, सोमबार

नेकपा एस जुम्लाका सबै सङ्गठनहरू नेकपा एमालेमा समाहित

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को जुम्ला जिल्ला कमिटी र मातहतका सबै सङ्गठनहरू नेकपा एमालेमा समाहित भएका छन् ।

नेपाली कांग्रेस नेतृत्वको वर्तमान पाँचदलीय गठबन्धनले मुलुकमा अस्थिरता सृजना गरी नेकपा एमालेको लोकप्रियता, जनमुखी तथा प्रगतिशील कार्य र समृद्धिको यात्रालाई घेराबन्दी भइरहेको महसुस गरी सम्पूर्ण कमिटीहरू एमालेमा समाहित गरिएको नेकपा एस जुम्लाका अध्यक्ष आदी प्रसाद न्यौपानेले जानकारी दिए ।

नेकपा एमाले जुम्ला र नेकपा एकीकृत समाजवादी जुम्लाबीच विभिन्न सात बुँदे सम्झौता गर्दै नेकपा एसका सम्पूर्ण जिल्लास्तरीय कमिटीहरू नेकपा एमालेमा समाहित गरेको हो ।

संयुक्त प्रेस विज्ञप्तिमा नेकपा एमाले जुम्लाका अध्यक्ष शान्ति लामा महत र नेकपा एसका अध्यक्ष आदी प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।