
क्यालिफोर्निया, २० कात्तिक । नेपाल कम्युनिस्ट पार्टी माओवादीका कार्यकर्ताले सञ्चारकर्मी तथा पूर्व प्रहरी अधिकृत गणेश थापालाई ज्यान मार्ने धम्की दिएका छन् ।
विष्णु खड्का नाम गरेका माओवादी कार्यकर्ताले सञ्चारकर्मी थापालाई फेसबुक म्यासेन्जरमार्फत टेक्स म्यासेज तथा अडियो पठाएर ‘तँलाई बाच्न मन छैन’ भन्दै ज्यान मार्ने धम्की दिएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा दुई साताअघि माओवादीसँग सम्बन्धित एक सामग्री शेयर गरेपश्चात आफूलाई यस्तो आएको र आफूलगायत परिवारको सुरक्षालाई मध्यनजर राख्दै कुनै प्रतिक्रिया नजनाई चुपचाप बसेको थापाको भनाई छ ।
आफ्ना विचार, सिद्धान्त र अभियानप्रति बिमति राख्नेहरूलाई सशस्त्र द्वन्द्वकालदेखि नै माओवादीले निशाना बनाउँदै आएको छ । विगतमा माओवादीबाट पीडित समेत रहेका निज थापालाई ती कार्यकर्ताले अपशब्द प्रयोग गर्दै ज्यान लिने धम्की दिएका हुन् ।















प्रतिक्रिया