२ कार्तिक २०८३, सोमबार

गठबन्धनमा विवाद : विनोद चौधरी र देवेन्द्रराज कँडेललाई माओवादीको २४ घण्टे अल्टिमेटम

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी पश्चिम, २० कात्तिक । नेकपा माओवादी केन्द्र नवलपरासी पश्चिमले नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय विनोद चौधरी र देवेन्द्रराज कँडेललाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

उम्मेदवार आधिकारिकताको विषयमा चलिरहेको विवाद आगामी २४ घण्टाभित्र समाधान गर्न चौधरी र कँडेललाई माओवादी केन्द्रले अल्टिमेटम दिएको हो ।

क्रमशः नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नं. १ र २ का प्रतिनिधि सभा उम्मेदवार समेत रहेका चौधरी र कँडेलले गठबन्धनभित्र भएको सहमति उल्लंघन गरेको आरोप नेकपा माओवादी केन्द्रको छ ।

गठबन्धनको सहमति अनुसार माओवादीको भागमा परेको नवलपरासी पश्चिम क्षेत्र नं १ (ख) मा कांग्रेसले समेत षडयन्त्रपूर्वक उम्मेदवार उठाएपछि नवलपरासीमा गठबन्धनभित्र तीव्र अमतभेद चलिरहेको छ ।

नवलपरासी पश्चिम–१ (ख) मा माओवादीले गठबन्धनमा भएको सहमति अनुसार रामानन्द यादवलाई उम्मेदवार बनाएको छ । तर, चौधरी र कँडेलले भने कांग्रेसबाट देवकरण कलवार (सन्तु) लाई उम्मेदवार बनाएका छन् । यसबाट गठबन्धनको मर्म र भावनाको कदर नभएको भन्दै माओवादी आक्रोशित छ ।

जिल्लामा देखिएको यो विवाद समाधान गर्न उदासिन रहँदै आएको चौधरी र कँडेललाई २४ घण्टाभित्र विवाद समाधान गर्न माओवादीले अल्टिमेटम दिएको हो । आइतबार एक विज्ञप्ति जारी गर्दै माओवादीले समयमै विवाद समाधान नगरिए अप्रिय कदम चाल्ने चेतावनी समेत दिएको छ ।