
काठमाडौं, २० कात्तिक । भारतीय टाइल्स कम्पनी कजारिया सेरामिक्स र नेपालको प्रसिद्व व्यापारिक समूह रमेश कर्पले नेपालमा सबैभन्दा ठूलो टाइल्स उत्पादक कम्पनी स्थापना गर्ने भएका छन् ।
उद्योग स्थापना गर्न यी दुई कम्पनीले सम्झौता समेत गरेका छन् । सम्झौता अनुसार कम्पनीले नेपालमा हालकै सबैभन्दा ठूलो टाइल्स उत्पादन कम्पनी स्थापना गर्ने छ जसको वार्षिक उत्पादन क्षमता ८ लाख वर्ग मिटर हुनेछ । कजारिया सेरामिक्स भारतको नम्बर एक र विश्वको सातौँ ठूलो उत्पादक कम्पनी हो ।
सम्झौतामा रमेश कर्पका कार्यकारी निर्देशक प्रतिक जलान र कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार दुवै कम्पनीको लगानी ५०/५० प्रतिशत हुनेछ । सिरामिक र भिट्रिफाइड टाइल्स उत्पादन गर्ने नवनिर्मित कारखाना सन् २०२३ को अन्त्यसम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । नवनिर्मित कारखाना भविष्यमा आफू निर्यातका लागि तयार हुने र नेपाली बजारको मागलाई पूरा गर्ने परिकल्पनाका साथ स्थापना हुँदैछ ।
यसबाहेक नेपालमा उपलब्ध प्रमुख कच्चापदार्थहरू टाइल्स उत्पादनमा प्रयोग गरिने बताइएको छ ।















प्रतिक्रिया