२ कार्तिक २०८३, सोमबार

पाँच अर्बको डिबेञ्चर निष्काशन गर्न ग्लोबल आइएमईद्वारा सनराइज क्यापिटलसँग सम्झौता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । ग्लोबल आइएमई बैंक लिमिटेडले पाँच अर्ब बराबरको ‘ग्लोबल आइएमई डिबेञ्चर २०८४/८५’ जारी गर्ने भएको छ ।

११.२५% ब्याजसहित पाँच वर्षको लागि निष्कासन गर्न बैँकले सनराइज क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त कार्यका लागि ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।