२ कार्तिक २०८३, सोमबार

खुशबहादुर एमाले प्रवेश गरेपछि दोलखा काङ्ग्रेसलाई तनाव

10.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, २० कात्तिक । नेपाली कांग्रेसका नेता जिपछिरिङ लामाको गाउँमा नेपाली कांग्रेस छाड्नेहरूको लर्को लागेको छ ।

यसै क्रममा कांग्रेसको जिरी नगरपालिका–१ च्यामाका सभापति खुशबहादुर कार्की नेकपा एमालेमा प्रवेश गरेका छन् । विगत ४४ वर्षदेखि निरन्तर कांग्रेसमा रहेर काम गरेका कार्की आज एमालेमा प्रवेश गरेका हुन् ।

जनयुद्धमा समेत च्यामामा कांग्रेस राजनीति गरेका कार्की पार्टीले योगदानको कुनै मुल्याङ्कन नगरेको भन्दै कांग्रेस परित्याग गरेर एमाले प्रवेश गरेका हुन् ।

‘जिपछिरिङ जस्तो कांग्रेसका हस्तीलाई त कुनै ठाउँ नदिने कांग्रेस पार्टी अहिले पञ्चायती व्यवस्थाभन्दा निरङ्कुश भएको छ,’ उनले भने, ‘पार्टीभित्र धुमिल छवी बनाएकाहरूलाई मात्रै अवसर दिन थालिएको छ । त्यसले निष्ठाको राजनीति गर्नेहरू कांग्रेसमा अटाउन सक्ने अवस्था बिगारेको छ, त्यसैले मैले पनि विकल्प रोजेर एमाले प्रवेश गरेको हुँ ।’

आज आइतबार जिरी नगरपालिका–१ गुम्बामा भएको एमालेको चुनावी सभामा कार्कीसहित दर्जनौँ कांग्रेस कार्यकर्ता एमालेमा प्रवेश गरेको पत्रकार प्रभु जिरेलले जानकारी दिए ।