
काठमाडौं, २० कात्तिक । साताको पहिलो दिन आज आइतबार सुनको मूल्यमा एकैदिन एक हजार ४०० रुपैयाँको वृद्धि भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ९४ हजार ५०० रुपैयाँ तोकेको छ । यो मूल्य गत शुक्रबारको भन्दा एक हजार ४०० रुपैयाँले बढी हो ।
शुक्रबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा पनि ५० रुपैयाँको वृद्धि भएको छ । आज तोलाको १ हजार २७५ रुपैयाँमामा कारोबार भइरहेको छ ।















प्रतिक्रिया