१ कार्तिक २०८३, आइतबार

मदिराको नशामा झुमिरहेको भेटिए नायक भुवन केसी (भिडिओ)

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । तेस्रो विवाह गर्न लागेका कारण चर्चामा रहेका नायक भुवन केसी अमेरिकामा मदिराको नशा र संगीतमा झुमिरहेको भेटिएका छन् ।

अमेरिका भ्रमणमा रहेका नायक भुवक केसी न्यूयोर्कको ज्याक्सन हाइटमा रहेको गोर्खाली रेष्टुराँमा मदिराको सुरमा गीत गाइरहेको अवस्थामा भेटिएका हुन् । नेपाली बाबु चलचित्रको गीत उनले गाइरहेको भिडिओमा देखिन्छ ।

उनीसँगै गायक बिमल डांगी र गायिका निशा सुनार पनि भेडियोमा देखिएका छन् । भिडियोमा भुवन केसी पनि रक्सीमा लठ्ठ देखिन्छन् । भुवन केही समयदेखि जिया केसीको साथमा अमेरिकामा छन् ।

सात वर्षदेखि प्रेम सम्बन्ध र लिभिङ टुगेदरमा बस्दै आएका भुवन र जिया बिहे गर्ने तयारीमा रहेका छन् । यसको स्वयम् खुलासा भुवन आफैले पनि गरिसकेका छन् ।

अभिनेता केसी चलचित्र विकास बोर्डको अध्यक्ष समेत हुन् ।