
काठमाडौं, १९ कात्तिक । निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र सोही पार्टीका प्रतिनिधिसभा सदस्यका काठमाडौं क्षेत्र नं २ का उम्मेदवार कोषराज सुवेदीलाई स्पष्टीकरण सोधेको छ ।
दलीय आबद्धता स्पष्ट नगरी ‘काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको साथ छ, लौरोको विजय निश्चित छ’, भनी प्रचार–प्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको निर्वाचन आयोगले जनाएको छ ।
उक्त कार्यबाट मङ्सिर ४ गते हुने निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने तथा आम मतदातासमेतलाई भ्रमित गर्ने कार्य भएकाले आफूलाई अमूक व्यक्तिको समर्थन छ भनी सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गर्दा जानाजान प्रचलित निर्वाचन कानुनको उल्लङ्घनसमेत भएको देखिएको आयोगको पत्रमा उल्लेख छ ।
आयोगले उक्त दल र दलका उम्मेदवारले स्वतन्त्रको लौरो अभियान भनी प्रचार–प्रसार गरेको विषयमा यसपूर्व नै पत्राचार गरेको थियो ।















प्रतिक्रिया