
दोलखा, १९ कात्तिक । नेकपा एमाले दोलखाको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र मानन्धरले पाएका छन् ।
नेकपा एमाले उच्चस्तरीय निर्वाचन परिचालन कमिटी दोलखासँगको परामर्शमा जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले जिल्ला कमिटी उपाध्यक्ष तथा प्रचार विभागका प्रमुख मानन्धरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् ।
अध्यक्ष श्रेष्ठ दोलखा प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेपछि मानन्धरले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।
पार्टी गतिविधिलाई प्रभावकारी र सशक्त बनाउनका लागि उपाध्यक्ष मानन्धरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको एमाले दोलखाले जनाएको छ । नेकपा एमाले जिल्ला कमिटीका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख समेत रहनु भएका मानन्धर आगामी मंसिर चार गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रचार प्रसार समितिका संयोजक रहनु भएका मानन्धरले भीमेश्वर नगरपालिकाको चुनावी परिचालन समितिको संयोजकका रूपमा पनि नेतृत्व गरिरहेका छन् ।
नयाँ जिम्मेवारीसँगै मानन्धर जिल्ला उच्चस्तरीय निर्वाचन परिचालन समितिसँगको समन्वयमा समग्र परिचालनसम्बन्धी काममासमेत सक्रिय हुनेछन् ।
आगामी मंसिर ४ मा हुने निर्वाचनको सन्दर्भमा दोलखा जिल्लाको पार्टी कामलाई सुब्यवस्थित ढंगले सञ्चालन गर्नका लागि मानन्धरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको नेकपा एमाले पोलिटब्युरो सदस्य तथा दोलखा प्रदेश सभा (क) का निर्वाचन विशेष कमाण्डर पार्वत गुरुङले जानकारी दिए ।
दुई दशकसम्म पत्रकारिता क्षेत्रमा क्रियाशील मानन्धरले विगतमा अनेरास्ववियु दोलखाको अध्यक्षलगायत नेकपा एमाले दोलखाको विभिन्न कमिटीमा हरेर जिम्मेवारी पूरा गरेका छन् । नेपाल पत्रकार महासंघ दोलखाको अध्यक्ष, सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको सल्लाहकार जस्ता महत्वपूर्ण पदहरूमा रही प्रभावकारी कार्यसम्पादन गरिसकेका मानन्धर दोलखाका सफल व्यवसायीका रूपमा पनि चिनिएका छन् ।
पत्रकारिताबाट विश्राम लिएर मानन्धर दुई वर्षदेखि पूर्णकालीन राजनीतिमा छन् ।















प्रतिक्रिया